बिहीबार एक सुचना मार्फत दूतावासले २०७५ बैशाख देखि असार मसान्तसम्म भएका कामकारबाही र नेपालीको अवस्था बारे बिवरण मार्फत सार्बजनिक गरेको हो ।

यस्तै घर फिर्ती केन्द्र (डिट्र्मेसन सेन्टर)मा रहेका नेपालीको सङ्ख्या ९० ,कानुनी कारबाहीको लागि कतारको केन्द्रीय कारागारमा सजाय भोगिरहेका २३, अस्पतालको कोमामा उपचाररत १० ,मृत्यु भएका नेपालीको सव नेपाल पठाउन ल्यअ लिएको सङ्ख्या ३०, व्यक्तिगत मागपत्रको प्रमाणीकरण ३५४, समूहगत मागपत्र प्रमाणीकरणमा ३०६ कम्पनीबाट पेस भएको मागपत्र ४ हजार ६९८ र पुन श्रम स्वीकृतका लागि सिफारिस गरिएको सङ्ख्या ३५ रहेको बिवरणमा उल्लेख गरिएको छ ।
दूतावासले आफ्नो कामकारबाहीको बिवरण सार्बजनिक गरे सङ्गै समस्याको प्रकृति हेरि क्रमबद्द रूपमा सबैको समाधान गरिने बताएको छ।



