भोजराज घिमिरे
बुटवल , (अर्घाखाँची डट्कम) वृज सिमेन्ट उद्योग प्रालि भैरहवाले शनिवार रुपन्देहीको तिलोत्तमा १५ सि-जोन रिसार्टमा हार्डवेयर व्यबसायी तथा निर्माण गर्दै आईरहेका ठेकेदारहरु संग भेटघाट तथा अन्तरक्रिया गरेको छ ।

उद्योगले सिमेन्ट उत्पादन देखी निर्माण प्रकृया सम्म पुग्दा गुणस्तरिय र नेपालको नम्वर १ सिमेन्ट, वृज सिमेन्ट भएको जनाउदै राष्ट्रिय गौरवका आयोजनाहरु र मेघा प्रोजेक्टहरुमा समेत प्रयोग भएको सिमेन्ट जुनसुकै निर्माण कार्यमा पनि ढुक्कले प्रयोग गर्न ठेकेदारहरुलाई आव्हान समेत गरेको छ ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका वृज सिमेन्टका सेल्स एण्ड मार्केटिङ म्यानेजर नुमेन्द्र पौडेलले र कार्यक्रम संचालक भोजराज घिमिरेले भेटघाट तथा अन्तरक्रियामा सहभागी निर्माण व्यबसायि तथा ठेकेदारहरुलाई सम्मानका साथै वृज सिमेन्टको गुणस्तरका बारेमा प्रष्ट पारेका थिए ।




