बसन्त आचार्य
युएई , (अर्घाखाँची डट्कम )नेपाली महिला हरिको महान पर्व हरितालिका तीजको अवसरमा अर्घाखाँची सम्पर्क समिती यूएई सारजहा क्षेत्रीय समितिले तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
विभिन्न कारणले विदेशिन परेता पनि आफ्नो मौलिक संस्कृतिलाई आफु वसेकै स्थानमा पनि मनाउनु पर्छ भन्ने उद्देश्य सहित अर्घाखाँची सम्पर्क समिती यूएई सारजाह क्षेत्रमा भव्य तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हो ।
मध्यपूर्व स्थित संयुक्त अरव ईमिरेट्समा रहदै लामो समय सम्म समाज सेवामा लागेका अर्घाखाँचीवाँसीले विगतका वर्षहरुमा पनि यस्ता कार्यक्रम गर्दै आएका छन । आगामी अगस्त ३१ तारीख़का दिन सारजहा रोला स्थित रोटना होटलमा आयोजना गरिएको कार्यक्रमको लागी विशेष तयारी अन्तिम अवस्थामा पुगेको क्षेत्रीय समिती सारजहाका अध्यक्ष आयूष खड्काले अर्घाखाँची डटकमलांई जानकारी गराएका छन ।



