भारतको पंजाव शहर देखी नेपालसम्म पारावहन संचालनको लागी प्रकिया सुरु गर्न सकिन्छ” – सभासद सिंह

डिआरजी सुमन
लुधियाना । भारतको पंजाव राज्य देखी नेपालको लागी पारावहन संचालनको लागी प्रकिया सुरु गर्न आफुले केन्द्र सरकारसँग कुरा राख्ने आश्वासन दिदै नेपालीको मुख्य पहिचान विस्वास रहेको धाराणा व्याक्त भएको छ । 
न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्रैवल्सले आयोजना गरेको खुला तीजगीत प्रतियोगिता कार्यक्रममा छोटो समयमा पत्रकार डिआरजी सुमनसँगको अन्तर्वार्तामा एक फरक प्रसंगमा वेल्दै लुधियाना पंजावका सांसद (MLA) of Sahnewal  S. sharanjit Singh dhillon आफुले नेपाली प्रति विस्वास गरेको वताउदै नेपाली एक कर्तव्य निष्ट र ईमानदार रहेको वताउनु भएको छ ।
न्युँ सागर एण्ड सगरमाथा टुर एण्ड ट्रैवल्स लुधियानाले आयोजना गरेको खुला तीजगीत प्रतियोगिता कार्यक्रमका प्रमुख अथितीको रुपमा रहेका सांसद Singh dhillon ले नेपालीको लागी आवश्यक पर्ने सवै प्रकारको सहयोगका लागी आफु तयार रहेको वताउनु भएको छ । यस्तै न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्रैवल्स लुधियानाका संस्थापक राजकुमार अधिकारीले भने नेपाल भारत पारावहन संझौता वमोजिम नै नेपाली र भारतीय दुवै व्यावसायीलाई असर नपर्ने गरि यस कम्पनिको गतिविघी भईरहेको वताएका छन । कसैसँग प्रतिस्पर्धा गर्नु भन्दा पनि सवैसग मिलेर सवैको व्यावसाय चलाउने काम गर्नुपर्ने यस शाखा अध्यक्ष नारायण पौडेलको धारणा छ । हामी यात्रुहरुको माँग वमोजिम नै सेवा दिन तयार रहेको र आज सम्म कुनैपनि यस्तो समस्या नआएको वावुराम घिमिरेले अर्घाखाँची डटकमलाई वताए । प्रतिनिधी ईश्वरि भन्छन् हाम्रो मुल उद्देश्य व्यावसायिक रुपमा सेवा दिनु नै हो हामी कसैसग पनि दुश्मनी नगरि काम गर्न चाहान्छौ । यस सस्थाका नेपाल समिति अध्यक्ष प्रकास परियार पनि नेपाली कम्पनिहरुसग पनि मिलेर काम गर्न चाहान्छौ यदि कसैले यो विषयलाई मनपरि गरेर आफ्नै तवरले पेलेर जाने हो भने हामीले पनि सोच्न पर्न सक्छ ।
भारत नेपाल सिमानाकामा नेपालीले सास्ती व्यहोर्न परेको गुनासो आउने गर्छन कारण के हो भन्ने पत्रकारको जिज्ञासामा कम्पनिका सोनु वि क भन्छन् आफुहरुवाट सिमामा सहयोग गरिएको,२० हज़ार भन्दा धेरैको समान लैजादा वा नयाँ विद्युतीय सामान लैजादा भारतको तर्फवाट दिईने GST विल आवश्यक पर्ने तर कयौ यात्रुले यसरी प्रक्रिया पुरा नगर्ने हुदा भारतीय तथा नेपाली भन्सार विभागमा समस्यामा पर्न परेको हो । यदि कुनैपनि यात्रुले केही महत्त्वपूर्ण सामान लैजादै गर्दा कुनै संका वा डर लाग्ने जस्तो भएमा हामी संचालकसँग कुरा गरेर लगेमा सहज तवरले समस्या समाधान गरिने धारणा छ ।
राष्ट्र लोकगायक नारायण विपी परियार,पवित्रा सर्तुंगे वराल,अनु राना मगरको प्रस्तुत रहेको कार्यक्रममा हल नै खचाखच भरिने गरि दर्शकको उपस्थिती रहेको थियो । पत्रकार पशुपति श्रेष्ठ,अर्जुन खनाल लगायतको उपस्थिती रहेको कार्यक्रम लुधियानाको जिवन नगरमा साखाका अध्यक्ष नारायण पौडेलको अध्यक्षता, MLA Sahnewal S sharanjit Singh dhillon को प्रमुख आथित्यता र प्रवासी संघवाट हरि घिमिरे,मुल प्रवाहका विमला अधिकारी,जन सम्पर्क समितीका राम वहादुर सहित समाजसेवी विकास रेस्मी,अजय विक लगायतको आथित्यतामा भएको कार्यक्रम सचिव राम प्रसाद भण्डारीको संचालनमा सम्पन्न भएको थियो । तस्वीर पशुपति श्रेष्ठ/अर्घाखाँची डटकम