पत्रकार महासंघ कोरिया शाखाको अधिवेशनमा सहभागी हुन संघका केन्द्रिय अध्यक्ष कोरिया आउँदै

सुन्दर पन्थी 
दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अधिवेशनमा सहभागि हुन महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य कोरिया आउने भएका छन् । यहिँ सेप्टेम्बर २५तारिकका दिन  गर्न लागिएको संघको छैठौँ अधिवेशनका लागि आचार्य सेम्टेम्बर २४ मा नै कोरिया आईपुग्ने कोरिया शाखाका अध्यक्ष खेम कार्कीले जानकारी दिए । 
अधिवेशनका अवसरमा पत्रकारहरुको क्षमता अभिवृद्धिकालागि अधिवेशनको ३ दिन अगाडि यहाँ क्रियाशिल पत्रकारहरुलाई तालिम पनि दिईने कार्यक्रम रहेको अध्यक्ष कार्कीले बताए । सेप्टेम्बर २३ का दिन हुने तालिममा कोरियाको एमविडब्लु टेलिभिजनका अध्यक्ष  प्रोफेसर जङ हे सी ले कोरियामा आप्रवासी मिडिया र निती नियमका विषयमा प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । त्यस्तै सेप्टेम्बर २४ का दिन साँझ अध्यक्ष आचार्यले प्रशिक्षण दिनेछन् । 
तालिममा सहभागिताकोलागि पत्रकार द्धय  खेम कार्की र डम्बर सुब्बासँग सम्पर्क राख्न सकिने महासंघ कोरियाको सुचनामा उल्लेख छ । संस्थाले अधिवेशनकालागि सेप्टेम्बर २५ को विहान १० बजे देखि दिउँसो १ बजे सम्मको समय निर्धारण गरिएकाले तोकिएको समय अगावै उपस्थितीकालागि सम्बन्धित पत्रकारहरुलाई आग्रह पनि  गरेको छ ।  
सन २००६ मा स्थापना गरिएको यो संस्थामा विभिन्न संञ्चार संस्थाहरुमा क्रियाशिल पत्रकारहरु आवद्ध रहेका छन् ।