
अर्घाखाँची डट्कम संवाददाता
सारजाह युएई,(अर्घाखाँची डट्कम) अर्घाखाँची संपर्क समिती युएई सारजाह क्षेत्रीय समितीले स्वदेश फर्किदै गरेका समितिका आयुष खड्का र बसन्त आचार्यलाई एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ ।
कर्म भुमी दुवईलाई केहि समयको लागी बिट मार्दै जन्मभुमी जादै गरेका खड्का र आचार्य समितिका अध्यक्ष तथा उपाध्यक्ष हुन कार्यक्रममा दशैको शुभकामना आदानप्रदान गर्दै विदाई गरेको हो ।
समितिले केहि दिन भित्रमा अर्घाखाँची जिल्ला अस्पतालमा रहेका बिमारीहरुलाई फलफूल वितरण तथा जिल्लामा उत्कृष्ट कलम चलाउदै आएका पत्रकारहरुलाई सम्मान गर्ने पनि जनाइएको छ ।



