भोजराज घिमिरे
अर्घाखाँची डट कम बुटवल , ८ असोज । रुपन्देहीको तिलोत्तमा ६ मा सर्पको टोकाईबाट एकै घरका दिदि भाईको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तिलोत्तमा ६ गणेशपुरका सुस्मिता सुबेदी र सौगात सुबेदी रहेका छन । राति घरमै सुतिरहेको अवस्थामा उनिहरुलाई सर्पले टोकेको थियो । दुबैजनालाई हिजो बिहान लुम्बिनी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । दुबैको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल मै उनिहरुको निधन भएको हो ।
मृतक दिदिभाई तिलोत्तमा ६ स्थित शान्ति नमुना मा.वि मा अध्यनरत बिद्यार्थी थिए । सुस्मिता कक्षा ४ मा र सौगात कक्षा १ मा अध्यनरत बिद्यार्थी रहेको बिद्यालयका शिक्षक कृष्ण के.सी ले जानकारी दिनुभयो । परिवारका दुबै सन्तानको निधन भएपछि परिवारमा गहिरो शोकमा डुबेको छ ।