सालीकराम आचार्य
बाग्लुङ- रा ज मो निकट बिद्यार्थी संगठन अनेरास्ववियु छैटौंको २३औं जिल्ला सम्मेलनको बाग्लुङ्को गल्कोट कादेबान्समा उत्घाटन गरियेको छ।
अनेरास्ववियु छैटौं का केन्द्रिय माहासचिब भिमलाल पोख्रेल को प्रमुख आतिथ्यता रहेकोे कार्यक्रममा बाग्लुङ जिल्लाभर का १० न पा र गा पा का प्रतिनिधि र प्रबेछक हरु गरि ३२५ जना बिद्ध्यर्थीहरु उपस्थिती रहेकोे थियो ।
कार्यक्रम बिशाल र्यालिको साथ गल्कोटको बाँस खोला देखि कादेबासको शिव मा बि को प्राङ्गणमा मुल समारोहमा पारित भएको थियो ।
प्रमुख अतिथि भिमलाल पोख्रेलले मैन बत्ती बालेर उत्घाटन भयेको कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै शिक्षा मा लगानी गर्न सरकारले आल टाल गरेको,शिक्षा क्षेत्रमा भइरहेको बिकृती अन्त्यको लागि शिक्षामा आमूल परिवर्तन गरि जनवादी र बैज्ञानिक शिक्षा लागू गर्नका लागि बिद्यार्थीहरु एक भएर अगाडी बध्नु पर्ने बताउनु भएकोे थियोे ।
तेस्तै विशिष्ट अतिथिको आसन बाट शुभकामना मन्तव्यमा बोल्दै रा ज मो केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले अहिलेको सरकार बाट कुनै प्रकारको सकारात्मक कार्य हुन नसकेको बताउनु भयो ।
बिशिस्ट अतिथिको आसन बाट शुभकामना मन्त्ब्य व्यक्त गर्दै रा ज मो बागलुङ जिल्ला अध्यक्ष अमर बहादुर थापाले सहि शिक्षाको आर्जन गर्नुको लागी विद्यार्थीहरु विध्यालय पुगेर मात्र नहुने सरकारले सहि शिक्षा निति बनाउनेतर्फ लाग्न सचेत बनाउनु भयो।
कार्यक्रममा युवक संघ केन्द्रिय सल्लाहकार तिलक थापा ,प्रगतिशील पत्रकार संघ गण्डकी प्रदेश इन्चार्ज तारा प्रसाद शर्मा ,नेपाल पत्रकार माहासङ जिल्ला सदस्य तथा रेडियो बिहानिका स्टेशनका काेर्डीनेटर युरोप नेपाली एकता समाज सदस्य अनिल सुवेदी, युएई नेपाली एकता समाज पुर्ब अध्यक्ष कृष्ण के शि, अखिल नेपाल संघ केन्द्रिय प्रतिनिधि टीका राम कंडेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
छैटौं जिल्ला समिती बाग्लुङले साउन महिना आएको अविरल बर्षाको कारण घर छेती हुन पुगेका मन बहादुर बि क लाई सहयोग स्वरुप नगद साथै उहाँ का छोराछोरी को लागी पुस्तक तथा कापीकलम वितरण गरेको छ । भने एस इ इ परिक्षामा बागलुङ जिल्ला उत्कृष्ट जिपिए अन्क ल्याउन सफल अनिस्तकार पौडेल, कुशल पौडेल तथा नबिना थापा लाई सम्मान पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा छैठौं जिल्ला अध्यक्ष शिव चालिसेको अध्यक्षता, जिल्ला सदस्य मनिष कंंडेलकाे स्वागत र जिल्ला उपाध्यक्ष दिलिप बुढाथोकिको सन्चलन मा सम्पन्न भएको थियो ।