
दिपक भुसाल
काठमाडौँ (अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा ६ चौवा निबासि समाज सेवि राजन पाण्डेले आफ्नो जन्मदिन को अबसरमा भारतको मध्य प्रदेशको उज्जेन जिल्लामा रहेको छात्राबासका गरीव र जेहेन्दार बिद्यार्थीहरुलाई लत्ताकपडा तथा मिठाई बितरण गरि मनाउनु भएको छ ।
पछिलो समय जन्मदिनमा पार्टि गरि फजुल ख़र्च गर्ने चलन बडदै गहि रहेको अबस्थामा पाण्डे यस लाई चुनौति दिदै आफ्नो जन्मदिनमा गरिने फजुल खर्चलाई समाजमा दुखी पीडित अशायहरुका लागि सेवा गर्न पर्छ भन्ने सोचाई राख्दै समाजिक कार्य गर्नु भएको हो ।

रोजगारिको सिलसिलामा भारत उज्जेनमा पुगेका पाण्डेले स्वदेशमा पनि बिभिन्न समयमा समाजिक कार्य गर्दै आउनु भएको छ ।



