द-भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले कतारमा सम्पन्न अधिकारी विजयी

टेकराज थापा 

दोहा,कतार (अर्घाखाँची डट्कम) द-भ्वाइस अफ नेपाल ग्रान्ड फिनाले सम्पन्न भएको छ ।कतारमा आयोजित ग्राण्ड फिनाले कार्यक्रमबाट सि.डि. बिजय अधिकारीलाई द भ्वाइस अफ नेपालको पहिलो बिजेता घोषित गरिएको हो।

विश्वका धेरै देशहरुमा भ्वाइस अफ कार्यक्रमको लोकप्रियता बढ्दै गरेको छ भने पछिल्लो चरणमा द- भ्वाइस अफ नेपाल रियालिटी सो ले नेपालिहरुको मन जित्न सफल रहेको कार्यक्रम हो । भ्वाइस अफ नेपालको पहिलो बिजेताको घोषणा हास्यकलाकार जोडि धुर्मुस सुन्तलीले गरेका हुन ।

देश तथा बिदेशबाट समर्थन गर्नु हुने सम्पुर्ण दर्शक श्रोतहरुको साथ र सम्रथनले भोटिङले गर्दा आज द भ्वाइसको उपाधीलाई जितन सफल रहेको यहाँहरुको साथ् सहयोगले नै गर्दाले आज बिजय भएको जिकर गर्दै सम्पूर्ण कोच तथा ट्यालेन्टहरुलाई हिर्दय देखि धन्यवाद प्रकट व्यक्त गर्दै उनले भने आगामी दिनहरू साङ्गीतिक मै रमाउने इच्छुक रहेको बताएकाछन । बिजेताले नगद रु २५ लाख, रु १० लाख बराबरको रेकर्डिङ, एउटा कार साथमा वर्ल्ड टुर प्राप्त गरेका छन ।

उक्त कार्यक्रम स्थल भित्र दर्शक श्रोतहरुको सहजताको लागि नेपाली बजार फुट स्ट्ल राखिएको थियो भने गत नेपाल आईडलबाट केही पाठ सिक्ने अवसरले पनि नेपाली दर्शक श्रोतहरुलाई सहजको निम्ति आयोजकले ब्याबस्थापनमा कहि कतै कमि न राखेको बारे सर्वसाधारणले खुलेर प्रशंसा गरे ।