साउदी अरबमा सोनाम ल्होसार कार्यक्रम मनाइदै

अर्घाखाँची डट्कम संवाददाता

रियाद, साउदी अरेबिया (अर्घाखाँची डट्कम) साउदी अरबको रियाद मा सोनाम ल्होसार कार्यक्रम मनाईने भएको छ । कार्यक्रम आयोजनाको लागि तयारि तिब्र रुपमाअघि बढेको आयोजक ले जानकारी दिएको छ ।

रियाद स्थित Exit १८ मा अवस्थित सभा हलमा १८ जनवरी २०१९ शुक्रबार कार्यक्रम आयोजना हुने भएको छ । दिउसो १ बजे सुरु हुने कार्यक्रममा अतिथि कलाकार देशु गोलेको विशेष प्रस्तुतिका साथै स्थानिय ख्यातिप्राप्त कलाकारहरु को प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै नेपाली मौलिकता झल्कने प्रस्तुतिहरु, सेलो लगाएत नृत्य तथा अन्य प्रस्तुतिहरु समेत रहने छन ।

कार्यक्रम मा नेपाल इन्भेस्टमेन्ट बैंक (पृथ्वी रेमिट ) को मुख्य प्रायोजन, डि एक्स एन ग्रुप रियादले सह-प्रायोजनको रहने जनाएको छ।