ओमान स्थित नेपाली महिला कामदारको समस्या

सालिकराम आचार्य
ओमान २७ पुष २०७५ । ओमान स्थित नेपाली दुतावास ले कामदार महिलाहरु को समस्या सुनेकोछ ।
लामो समयदेखि ओमान मा रहेर घरेलु कामदार को रूपमा कार्यरत महिला हरू र बिभिन्न संघ संस्थाका प्रतिनिधि हरू ले नेपाल सरकारले श्रम स्वीकृतिमा प्रतिबन्ध लगाए पछिको समस्या राजदुत लाई अवगत गराएका हुन । समस्यामा रहेका महिलाहरू को कुरा सुन्न दुतावास कै पहल मा “राजदुत को साथ चिया”( Tea With Ambassador ) कार्यक्रम को आयोजना गरिएको थियो ।
सुरक्षित अनि ईमान्दारि पुर्वक कार्य गरेर बिदामा नेपाल फर्किएका महिलाहरू वापस आऊन नपाए पछि बिना आय आर्जन ऊनि हरू को बिचल्ली भएकोछ । 
बिदेश आयर छोरा छोरी पढाउने श्रोत जुटे पछि राम्रो पढाई गरि रहेका छोरा छोरीको चिन्ता तथा घरको छाक टार्ने चिन्ताले परेशान रहेका छन् ।
भने यता स्वदेश फर्केर वापस आऊन नपाउने भय पछी बिदा भयर पनि महिला हरू घर जान डराई रहेका छन् र मानसिक सन्तुलन गुमाऊने अवस्थामा आँसु झार्दै बसेका छन् ।
पिडित मध्ये कि एक महिलाले भनिन समानता को ठुला ठुला कुरा गर्ने सरकारले हामी मेहनती ईमान्दार महिला लाई काम गरेर खान पनि प्रतिबन्ध लगाउनु र अपराधि को जस्तो ब्याबहार गर्नु निन्दनीय छ ।
सरकारले सहजता र सुरक्षा दिनु को साटो सास्ती थपेकोछ र भिखारी बनाऊन तल्लीन छ । देश मा आय आर्जन छैन ।
हामी लाई यहा समस्या छैन र बिदेश मा नोकरि गर्न चाहन्छौ फेरि सरकार किन श्रम स्वीकृति रोकेर बसेकोछ ।
जसले गर्दा लाखौ घुस लिएर भारत वा अन्य बाटो गरेर बिदेश पठाउने दलाल मौलाऊदै गयका छन् ।
कहि सरकारले दलाल सँग को साँठगाँठ मा प्रतिबन्ध लगाएको त छैन बाहिर ऊभिएकि एक महिला भन्दै थिईन ।
छोराछोरी सम्झेर रूदै गरेका महिलाहरू ले आफ्नो बेदना को पोको निसङ्कोच राजदुत समक्ष प्रस्तुत गरेका थिए ।
जवाफमा राजदुत पराजुलीले नेपाल सरकार सँग कुरा राखेर छिट्टै समस्याको निकास निकाल्ने आश्वासन दिनु भएको थियो ।
दुतावास ले आफै पहल गरेर यसरी समस्या सुनिदिएको मा सहभागी महिलाहरू ले खुशी प्रकट गरेका छन् ।