कञ्चनपुरमा स्वतन्त्र पत्रकार संघ गठन (तस्बिर सहित)

मदन गिरी
महेन्द्रनगर १६ फागुन ।  कञ्चनपुरमा स्वतन्त्र पत्रकार संघ गठन गरिएको छ । बिहिबार महेन्द्रनगरमा आयोजित कञ्चनपुर पत्रकार सम्मेलित जिल्ला स्तरीय भेलाले स्वतन्त्र पत्रकार संघ गठन गरेको हो । 
माउन्टेन टेलिभिजनका जिल्ला संवाददाता पुष्कर  भट्टको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ ।  संघको उपाध्यक्षमा प्राईम टाईम्स सुदूरपश्चिम व्युरो चिफ सुमन भट्ट र सचिवमा मानसखण्ड दैनिकका मुख्य संवाददाता एंव आर्थिक अभियान र नेपाली पब्लिक अनलाईनका जिल्ला संवाददता मदन गिरी चयन भएको छन् । भने सह सचिवमा हिमालयन टेलिभिजनका  संवाददाता सुरेश भट्ट, कोषाध्यमा सरस्वती भट्ट निर्वाचित भएका छन् । 
त्यस्तै संघको जिल्ला कार्य समिति सदस्यमा डिल्लीराज पन्त, डिबी बोहरा, भुवन भट्ट, केशब भट्ट, होम योगी,  विकास महता र भोजराज भट्ट चयन भएका छन् । 
जिल्ला स्तरिय भेलामा संघका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोला, महासचिव नवराज पहाडी, उप महासचिव राजेन्द्र जंङ्ग रायमाझी, कोषध्यक्ष बिरेन्द्र पाण्डे र पार्षद डिआजी सुमनको सहभागीता रहेको थियो ।
वेतकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथी रहेको भेला संयोजक पुष्कर भट्ट सभापति रहेका थिए । भेलामा बोल्दँै नगर प्रमुख चन्दले जिल्लामा  स्वतन्त्र पत्रकार संघ गठन भएको खुसि व्यत्त गरे । उनले संघलाई स्वतन्त्र र निष्पक्ष रुपमा सत्यतथ्य खोजि गरेर व्यवसायिक पत्रकारीतामा जोड दिएका छन् । त्यस्तै संघका राष्ट्रिय अध्यक्ष कृष्ण प्रशाद बस्तोलाले पत्रकारीता राजनिति रुपमा विभाजित हुदैँ गएकाले स्वतन्त्र पत्रकार संघको आवश्यकता परेको बताए । उनले कुरै पनि राजनितिक दल र तिनका भातृ संगठनसँग आवद्ध नभएको पत्रकारलाई संस्थामा आवद्ध हुन समेत आग्रश गरे । 
त्यस्तै महासचिव पहाडी र पार्षद सुमनले संघको संगठनिक गतिविधिको बारेमा प्रकास पारेका थिए । २०६८ सालमा स्थापना भएको स्वतन्त्र पत्रकार संघ अहिले देशका विभिन्न जिल्लामा विस्तारको क्रममा छ ।
तस्वीर डिआरजी सुमन/ अर्घाखाँची डटकम

अन्य समाचारहरु