घोराहीमा वृद्घ आश्रममा खाद्यान्न वितरण जन्म दिन मनाउने तरिका फरक वन्दै

डिआरजी सुमन
घोराही  । पिएसएम नेपालका उप संयोजक तथा नेपाली समाज चिलीका सस्थापक सदस्य समाजसेवी व्याक्त्त्व अमर पुनको ३६ औ जन्मदिनको अवसरमा एक वृद्घ आश्रममा खाद्यान्न वितरण गरिएको छ । 
दक्षिण अमेरिका चिलीमा रहने अमर पुन विभिन्न सामाजिक सस्थामा आवद्ध हुनु हुन्छ । देश र जनताको पक्षमा वकालत गर्ने वाँनिको विकास भएका पुनले गोरखा भुकम्पको केन्द्र विन्दु वारपाक सम्म आफ्नै पहलमा राहत वितरण गराउनु भएको थियो । जन्मदिनको अवसरमा कहिले स्कुल,कहिले अस्पताल त कहिले वाल आश्रममा सहयोग गर्ने पुनले यस पटक वृद्ध आश्रममा सहयोग गर्नु भएको छ । रोल्पा जिल्लाको ईरिवाँगमा जन्मनु भएका पुन हाल स्थाई रुपमा घोराहीमा वसोवास गर्नु हुन्छ । श्रीमती मनीषा पुन र छोरा गुलाव पुन घरमा हुनुहुन्छ भने आफु अहिले पनि चीलीमा हुनुहुन्छ । 
अन्याय र असमानता विरुद्धको खोजी अभियान पिएसएम नेपालका संयोजक एवं संस्थापक अध्यक्ष स्वतंत्र पत्रकार संघ नेपालको संगठन विस्तार सहितका कार्यक्रम लिएर देश दौड़ाहामा रहेका डिआरजी सुमनको पहलमा यो कार्यक्रम गर्ने निर्णय गरिएको थियो भने सहजकर्ताको भुमिका मनिसा पुनले गर्नु भएको थियो । 
स्वतन्त्र पत्रकार संघ नेपाल दाङको अध्यक्षमा भुवन गौतमको अध्यक्षता डिआरजी सुमनको संचालन र मनिसा पुनको स्वागत मन्तव्य रहेको कार्यक्रममा आश्रममा रहेका वृद्ध वृद्धालाई चामल तरकारी र तेल वितरण गरिएको छ । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपाल दाङको अध्यक्षमा गौतम, उपादक्ष्य सुनिल , कोसादक्ष्य सरोज लगायत स्थानीय सुभेच्छुकको पनि उपस्थित रहेको थियो ।
 
सहयोग वितरण कार्यक्रम वोल्दै अध्यक्ष गौतमले यो उदाहरणीय काम भएको भन्दै खुलेर धन्यावाद ज्ञापन गर्नु भएको थियो ।

अन्य समाचारहरु