महाभूकम्प परि ज्यान गुमाउने प्रति नेपाल मगर संघ पाल्पा काठमाडौं सम्पर्क समितिद्वारा सम्झना

बैशाख १२ , काठमाडौं  ।  विश्व  २०७२ सनिश्चवार को महाभूकम्प परि ज्यान गुमाउने प्रति नेपाल मगर संघ पाल्पा काठमाडौं सम्पर्क समिति द्वारा दीप जलाइ सम्झना गरेको छ । 
विश्व  २०७२ को महाभूकम्प शनिबार नेपाली समय अनुसार ११:५६ (६:११:२६ युटिसि)मा लगभग ३४ किमी (२१ माइल) पूर्व-दक्षिणपूर्व बार्कपार्कलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भुकम्प  १५ किमी (९.३ माइल) गहिराईमा गएको  भनिएको थियो ।
आज बैशाख १२ गते बिहीबार  टोखा ९ नयाँ बसपार्क काठमाडौंमा नेपाल मगर संघ पाल्पा काठमाडौं सम्पर्क समिति द्वारा आयोजित महा भुक्म्प २०७२ साल बैशाख १२ गते  ज्यान गुमाउनेहरु प्रति ३६५ वटा  दीप जलाइ भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । संस्थाका अध्यक्ष थान ब. कुँवर मगर, कार्यक्रम सयोजक आकाश आले २९ जना कार्यसमिति सदस्यहरु ,पत्रकार हरि कुँवर ,समाज सेवि तथा  अन्य ५०२ जनाको उपस्थिती रास्ट्रीयगीत,  एक-एक वटा दिप जलाइ , मोहनधारण गरिएको थियो ।  
विश्व  १९९० सालमा महा भुकम्प  पछिको यो सबैभन्दा ठुलो भूकम्प मानिएको थियो  । भूकम्पले रहेका भारत, चिन, पाकिस्तान  र बङ्गलादेशमा पनि कयौं मानिस हताहात  भएको खबर मिडियामा सुन्न पढ्न पाइएको थियो । भूकम्पले गर्दा काठमाडौं उपत्यकामा रहेका  विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू तथा  ५१६२ जना मानिसलेज्यान गएका थिए। 
आउदा दिनहरूमा विभिन्न कार्यक्रम ल्याउने संस्थाका अध्यक्ष कुँवर मगर बताउछन । कार्यक्रम संचालक गोपाल राना मगर ले समापन गर्नु भएको थियो ।

अन्य समाचारहरु