ओमानमा प्युठानका रुम बहादुर घर्ती मगरको हृृदयघातबाट मृत्‍यु

सालीकराम  आचार्य  
मस्कट, ओमान   १४असार २०७६ ।  ओमानको राजधानी मस्कटको वादी अल–कविर स्थीत रानीसेन्स कम्पनीको ताउस सरर्र्भेसमा काम गर्दै आएका  प्युठान जील्ला निवासी बर्ष ३२का रुम बहादुर घर्ती मगरको हृृदयघात भइ मृत्यु भएकोछ । 
आफ्नो बुवाको जीम्मा मा आफ्ना आमा नभएका २ छोराछोरी लाई लगाएर आफ्ना बुढेशकालमा लाएका बाबुलाइ सुखः र आफ्ना बच्चाहरु लाइ राम्रो शिक्षा दिने सपना बोकेर ओमान लागेका थिय । तर जब उनको सपना साकार हुने देखिर्नै लागेको थियो । उनका बावु र बच्चाहरुमा बज्रपात भएकोछ । रुम बहादुर घर्ती मगर बैदेशिक रोजगारको सिल सिलामा १५ मैना पहिला ओमानको राजधानी मस्कट पुगेका थिय । 
रुम बहादुर घर्ती मगर को गत ११ असार २०७६ का राती हृृदयघात द्धारा असामाहिक मृत्यू  भयको हो धेरै परिश्रमि र ईमान्दारीका साथ कामगरेर कम्पनीमा असल छवी बनाएका घर्तीको असामाहिक मृत्य भएकोमा  कम्पनीले पनी यौटा होनहार कर्मचारी गुमाएको भन्दै आफ्नो वेवसाईडमा श्रर्धान्जली राखेकोछ ।
 तर अर्कोे तिर कम्पनीकै होस्टल (क्याम्पं) म्यानिजरकोे लार्पबाही पनी देखिन्छ कीन की  साँज संगै खाना खाएर शुतेका शहव्रmमी एक्कासी झस्कीए बिहान ३ बजे तिर सगै शुतेका साथीलाइ  सारो सारो  भएको र कह्राएको आवाज सुनेपछि तत्काल सगै बस्ने साथीहरुले उठेर हेर्दा आत्ती रहेको देखे पछि तत्काल  कम्पनीको होस्टेलका म्यानिजर लाइ बोलएर मृतकको अबस्था बारे जानकारी गराए र अस्पताल लैजानका लागी अनुरोेध गरे तर क्यामको सुपरभाइजर ले लापरबाहीको शैलीमा आनाकानी गरि बिमारीलाइ सुत्न लगाएको थियो त्यसका एकघन्टा पछि बिहान ४बजे एकदमै आत्तीयर कहराउंद गर्दा सबै सहर्कमीहरु जागे र उनलाई तत्कालै उद्धार गर्न उठाउन खोज्दा रुक बहादर को सरिर चिसो भै सकेको मृतकका ससहकर्मी ले बताएका छन । 
तुरुन्तै शाहि ओमानी पुलिश लाइ खबर गरि मृतक घर्तीेलाई रोयल अस्पतालमा लागीएको छ । जहाँबाट रुम बहादुर घर्ती मगरको पार्थिव सरिर नेपाल फर्काउने पहल हुदैछ  ।