भारतको विभिन्न स्थानमा न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्रैवेल्सले तीजको अवसरमा वृहत कार्यक्रम गर्ने

दीपक भूसाल
अर्घाखाँची डटकम, मंगलवार,२१ साउन २०७६ । न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्रैवेल्सले हरितालिका तीजको अवसरमा भारतको विभिन्न स्थानमा तीजी कार्यक्रम गर्ने भएको छ । 
नेपाल भारत लामो समय देखि वससेवा संचालनमा ल्याएको न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्रैवेल्सले भारतको विभिन्न स्थानमा सेवा प्रदान गर्दै आएको छ । प्रत्येक वर्षजस्तो कलाकार भारतको विभिन्न स्थानमा लैजाने गरेको छ । यस पटक पनि ख्याति प्राप्त कलाकारको प्रस्तुतिमा पंजाब तीजमय वनाउने मुख्य आयोजक कम्पनिले अर्घाखाँची डटकमलाई जानकारी गरीएका छन । 
राष्ट्रीय स्तरमा चर्चित कलाकार मेक्सम खाती, शान्ता परियार,नारायण बि.पी. परियार, उज्जवल गीरी,खुमन जोसी,बिस्नु सिर्पाली र नारायण सारूसहितको कलाकार सँगै अर्घाखाँची डटकम व्युरो पनि उपस्थित रहने कार्यक्रम छ । 
हरितालीकाको दिन लुधियाना पंजावको ढोलेवाल अफिस कै परिसरमा गरिने भएको आयोजकले जनाएको छ । राष्ट्रीय स्तरमा ख्याति कमाएका कलाकार सहित स्थानीय प्रतिभाहरुको पनि प्रस्तुति रहने छ ।