भारतको पंजावमा नेपाल-पंजाव बस व्यवसायी महासमिती गठन (विशेष अन्तर्वार्ता)
भाद्र १४ गते, २०७६ मा प्रकाशित
डिआरजी सुमन
पंजाव डेक्स,अर्घाखाँची डटकम् व्युरो । नेपाल देखी भारत सम्म संचालित विभिन्न ६ ओटा अलग अलग यातायात समितीहरुको संयुक्त वैठकले भारतको पंजावमा नेपाल-पंजाव वस व्यावसायी महासमिती गठन गरेको छ ।
ओम प्रकाश परियारको अध्यक्षतमा १७ सदस्यीय महा समिती गठन भएको छ । जसको उपादक्ष्यमा कृष्ण शाही ठकुरी, महासचिवमा मिलन केसी,सचिव खुम वहादुर थापा, कोषादक्ष्यमा वावुराम घिमिरे , सह कोषादक्ष्य विष्णु सिंह ठकुरी, सदस्यहरु नारायण पौडेल, कैलाश खड्का,नवीन कुँवर , अर्जुन वि.क, शुनिल गुरुंग, कृष्ण पन्थी, नन्दराम मल्ल, गोपाल विक,मदन पौडेल,गोपाल सिंह ठकुरी र गणेश गुरुंग रहेका छन ।
वर्तमान समयमा सक्रिय रुपमा संचालनमा रहेका ट्राभल्स समितीहरु न्यु सागर एण्ड सगरमाथा,लुम्बिनी हिमालय,सुपा देउराली, न्यु सुपा देउराली, स्वर्गद्वारी र डायमण्ड समितीका प्रमुखहरुको भारतको लुधियानामा सम्पन्न वैठकले आगामी योजना समेत सार्वजनिक गरेको छ ।