पशुपति श्रेष्ठ
भारत (अर्घाखाँची डट्कम) नेपाली जनसम्पर्क समिती भारतले नेपाल पत्रकार महांसघ भारतका महासचिव तथा हिमाल पोष्ट डट्कमका प्रधान सम्पादक अर्जुन खनाल र सदस्य इन्द्रकमल जैरुलाई सम्मानको रुपमा पार्टि प्रवेश प्रमाण पत्र दिएको भन्दै महासंघले आपत्ति जनाएको छ ।
सेप्टेम्बर १० मङ्गलबार दिल्लीमा आयोजित १०६ औं विपि स्मृति दिवस तथा नेपाली काङ्ग्रेसको दोश्रो जागरण अभियानको कार्यक्रममा समाचार संकलन गर्न गएका पत्रकार खनाल र ईन्द्र कमल जैरुलाई सम्मानका लागि मञ्चमा आमन्त्रित गरि सम्मान पत्रको नाममा पार्टी प्रवेश प्रमाणपत्र दिएकोमा संघले गन्भिर आपत्ति जनाएको हो ।
हामिलाई मञ्चमा सम्मानको रुपमा बोलाएर पार्टी प्रवेश गरेको प्रमाण थमाएको र कार्यक्रम रातको समयमा हुदा आफुहरुले उक्त सम्मान पत्र भित्रको विषयवस्तु बारे जानकारी नभएको कार्यक्रम समय लम्बित भएको कारण समय अपुग भएकोले त्यस विषयमा छलफल गर्न नसकिएको महासचिव खनालले बताए ।
पत्रकारले जुनसुकै विचारधारामा आस्था राखेपनि कुनै पनि राजनीतिक पार्टीको सदस्य लिनु निष्पक्ष पत्रकारीताको नैतिकता विपरीत हो । यस्ले व्यक्तिगत निजि अधिकारको हनन भएको र उक्त घटनाको छानबिन गरि कार्वाहीको माग गर्दै। झुक्याएर यस्ता कार्य नदोहोर्याउन संघ संस्थाहरुलाई सचेत गराईएको विज्ञप्तिमा उल्लेख छ ।