अर्घाखाँची डट्कम संवाददाता
दोहा कतार,(अर्घाखाँची डट्कम) प्रवासमा अर्घाखाँची बासीहरु एक हौ नेपाली समाजका लागि सहयोग गरौ भन्ने मूल नाराका साथ् २००६ स्थापन भएको संस्था अर्घाखाँची समाज, कतारले गत २० सेप्टेम्बर २०१९ का दिन जिल्लाबासीहरु विच आत्मीय सद्धभाव भाईचारा एकता कायम रहोस् भन्ने उदेश्यका साथ आन्तरिक मिलन तथा सहकारी शुभारम्भ कार्यक्रम गरेको सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष टेक राज थापाको सभापतित्वमा संस्थाका संरक्षक क्रान्ति सिंहको प्रमुख आतिथ्यतामा रहेको उक्त कार्यक्रममा विशेष अतिथिहरुमा संस्थाका प्रमुख सल्लाहकार तथा सहकारी संयोजक ठाकुर कुमार परियार प्रदेश नं. पाँच समन्वय समिति कतारका अध्यक्ष बुद्ध पाण्डे, गुल्मी सेवा समाज कतारका अध्यक्ष झविन्द्र आचार्य, बुद्धभुमि कपिलवस्तु सेवा समाजका अध्यक्ष केशव खनाल, नवलपरासी सेवा समाजका महासचिव दुर्गा हमाल, अभियान रुपन्देही सेवा समाजका अध्यक्ष डिल्ली राम भट्टराई, दाङ्ग देउखुरी सेवा समाजका अध्यक्ष हेमराज बस्नेत त्यस्तै सल्लाहकार केदार नाथ भुसाल , सल्लाहकार राम प्रसाद पराजुली, साझा नेटवर्कका प्रधान सम्पादक कुमार अविरल रहनु भएको थियो।
अतिथिहरुमा बाँगी सेवा समाज कतारका अध्यक्ष कुल बहादुर केसी पुर्व सहकोषाध्यक्ष सुदिप पाण्डे, पुर्व सचिवालय सदस्य कृष्ण शाह, युवा तथा समाजसेवी विमल अधिकारी कमल अर्याल लगाएत रहनुभएको थियो । स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष बिष्णु बहादुर कुँवरले उपस्थितहरुलाई स्वागत गरेका थिए भने सहकारी संयोजक ठाकुर कुमार परियारले सहकारी उदेश्य बारे बोल्दै अर्घाखाँची बासिहरुलाई एक जुट् भएर अगाडी बढनु पर्ने बताए ।
केक काटेर शुभारम्भ गरिएको उक्त कार्यक्रममा Saving & Cooperative opening program उल्लेख गरिएता पनि फुल नाम भने सुनौलो विहानी बचत तथा सहकारी रहेको छ । जसमा ३७ जना शेयर सदस्य रहेका छन । त्यस्तै गरि शुभकामना मन्तव्यको क्रममा प्रदेश नं. पाँच समन्वय समिति कतारका अध्यक्ष बुद्ध पाण्डे, गुल्मी सेवा समाज कतारका अध्यक्ष झविन्द्र आचार्यले अर्घाखाँची र गुल्मी जिल्ला पुर्वकालमा एउटै जिल्ला भएको स्मरण गराएका थिए ।
बुद्धभुमि कपिलवस्तु सेवा समाजका अध्यक्ष केशव खनाल, नवलपरासी सेवा समाजका महासचिव दुर्गा हमाल, अभियान रुपन्देही सेवा समाजका अध्यक्ष डिल्ली राम भट्टराई, दाङ्गदेउखुरी सेवा समाजका अध्यक्ष हेमराज बस्नेत त्यसैगरी सल्लाहकार केदार नाथ भुसाल, सल्लाहकार राम प्रसाद पराजुली, साझा नेटवर्कका प्रधान सम्पादक कुमार अविरल, बाँगी सेवा समाज कतारका अध्यक्ष कुल बहादुर केसी एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान आईसीसी सदस्य के.वि हमाल, आईसीसी सदस्य रमेश भट्ट, युव राज शर्मा एनसीसी कतारकी महिला उपाध्यक्ष सरिता भन्डारी पौडेलले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा स्थानीय कलाकार लोक दोहोरी गायक दिपेन्द्र सुनार, सन्दीप राईले विभिन्न साङगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। साथै सोही कार्यक्रमको सुबर्ण अवसरमा नव निर्वाचित एनआरएनए एनसीसी कतारका निर्वाचित पदाधिकारीहरुलाई संस्थाका संरक्षक क्रान्ति सिंह संस्थाका प्रमुख सल्लाहकार ठाकुर कुमार परियार अध्यक्ष टेक राज थापाले खादा ओढाएर सम्मान सहित बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
भने सोहि कार्यक्रममा अर्घाखाँची सेवा समाजको आजिवन सदस्यतता लिएका ब्यक्तिहरुलाई समाजले आजीवन प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।केहि छुट्टीएका अन्य ब्यक्तिहरुलाइ संस्थाको आगामी कार्यक्रममा हस्तान्तरण गर्ने बताए । संस्थाका संरक्षक तथा कार्यक्रम प्रमुख क्रान्ति सिंहले नव निर्वाचित एनसीसी तथा आईसीसी सदस्यहरुलाई सामाजिक अभियानमा यात्रा निरन्तर रुपमा अगाडी अगाडी बढोस् भन्ने शुभेच्छाका साथ समाजिक एवं व्यक्तिगत जिवन सफलताको कामना गरेका थिए।
अन्तमा अध्यक्ष द्वारा कार्यक्रमको निमन्त्रणालाई सहज सुइकार गरि उपस्थित हुनुहुने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रमको दौरानमा विभिन्न तह र तप्काकाबाट सहयोग गर्नुहुने शुभेच्छुक तथा सहयोगीहरु प्रति विशेष धन्यवाद सहित कतारमा रहेका अर्घाखाँची बासीहरुलाई समाजमा आवद्ध भएर अगाडि बढन प्रेरित गर्न सबैमा अनुरोध गरेका छन ।
रोगारीको सिलसिलाका जिल्लाबाट कतारमा आई विभिन्न क्षेत्रमा कार्यरत जिल्लाबासीहरुलाई एक जुट भइ परि आउने समस्याहरुको निम्ति संगठित गर्ने र समस्याको निराकरण गर्ने सकियोस् भन्ने उदेश्यका साथ आत्मीय भाइचारलाई प्रगाढ बनाउने हेतुले प्रवासमा रहेको यो सम्बन्धलाई आर्थिक हिसावले सबल र भविस्यमा पनि यस आत्मीय सम्बन्धलाई प्रवासमा मात्रा न भएर स्वदेशमा पनि निरन्तर जोडन सकियो भन्ने उदेश्यका साथ अर्घाखाँची सेवा समाज, कतारले सहकारी शुभारम्भ गरेको बताए ।
कार्यक्रमा जिल्लाबासी तथा गैर जिल्लाबासी तथा शुभेच्छुकहरुको उल्लेखनीय उपस्थित रहेको थियो कार्यक्रमको संचालन संस्थाका महासचिव बाला राम पाण्डेले गरेका थिए ।