भैरहवाको भिम अस्पतालमा २४ सै घण्टा फार्मेसी

कृष्ण परियार 
भैरहवामा रहेको सरकारी अस्पतालमा आउने विरामी तथा सेवाग्रहीहरुले अस्पतल तथा बाहिर औषधी पसलहरुमा महंगो शुल्क तिर्न बाध्यता भए पछि गुनासो गरिरहन्छन् । 
अस्पता भित्रै भएका फार्मेसीहरु ओपिडी अवधिसम्म मात्र संचालन हुदाँ विरामीहरु उक्त फार्मेसीमा औषधी लिनबाट बन्चित हुन्छन् । तर रुपन्देही सदरमुकाम भैरहवामा अवस्थित भिम अपस्पतामा भने अव सेवाग्राहीले २४ सै घण्टा नै औषधी पाउने भएका छन अस्पतालले विहिवारदेखी शुभारम्भ गरेको २४ घण्टे फार्मेसी सेवाले अव सेवाग्राहीले आफूलाई आवश्यक परेको जुनसुकै बेला औषधी पाउन सक्नेछन् । 
ओपिडी आवरमा मात्रै फार्मेसी संचालन हुने तर ओपिडी पछि फार्मेसी संचालन नहुदाँ अस्पतामा आउने सेवाग्राहीहरु भौतारिनुपर्ने, बढी पैसा तिरेर बाहिर औषधी किन्नुपर्ने अवस्थालाई निर्मुल पार्नका लागि यो सेवा संचालनमा ल्याएका छौं । भिम अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा. नविन दर्नालले भने । अस्पतालले संचालन गरेको फार्मेसीबाट सेवाग्राहीले ५ प्रतिशत छुटमा औषधी खरिद गर्न सक्ने उनले बताए । आगामी दिनमा २४ घण्टे एक्सरे सेवा तथा ल्याव सेवा संचालन गर्ने तयारीमा अस्पताल रहेको डा. दर्नालले जानकरी दिए । 
ओपिडि अवधिभर सिमीत समयमा पाउने सेवा अव सेवाग्राहीले जुनसुकै समयमा पाउन सक्ने अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए । अस्पतामा नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नाल आए पछि उहाँको टिमले सेवाग्राहीलाई कसरी हुन्छ २४ सै घण्टा सेवा उपलब्ध गराउनेतर्फ लागेको छ । उपाध्यायले भने सेवाग्राहीलाई प्रदान गरिने स्वास्थ्उ सेवा र औषधी छिटोछरितो उपलब्ध गराउने कार्यमा अस्पताल लागिरहेको उनले बताए । 
बाहिरको दररेट भन्दा अस्पतालको फार्मेससीमा सर्वसुलभ दरमा नै औषधी खरिद गर्न सकिने अपाध्यायले बताए । अस्पतालको आकस्मिक कक्षकै छेउमा फार्मेसी संचालनमा आएको छ । आकस्मिक कक्ष (इमरजेन्सी) मा आउने विरामीहरुलाई तत्काल औषधीको आवश्यकता पर्ने भएकोले इमरजेन्सी नजिकै फार्मेसी संचालनमा आएको हो । उपाध्यायले भने २५ शैयाको सरकारी अस्पतालहरुमध्ये २४ सै घण्टा फार्मेसी सेवा प्रदान गर्ने भिम अस्पताल सम्भवत पहिलो अस्पतालमा पर्ने उनको भनाइ छ । 
अस्पतालको यो सेवाबाट सेवाग्राही पनि खुसी व्यक्त गर्छन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १० का वृजमोहन गिरीले विगतका दिनमा अस्पताल बाहिर औषधी किन्नुपर्ने बाध्यता भएता पनि २४ घण्टे फार्मेसी सेवाले सेवाग्राहीलाई सहजता प्रदान गरेको बताए । 
अस्पतालले दिएको जानकारी अनुसार दैनिक २ सय बढी विरामीहरुले ओपिडी सेवा लिदै आएका छन् । त्यसैगरी दैनिक ८०–८५ जनाले अस्पतालको इमरजेन्सी सेवा लिदै आएको अस्पतालले जनाएको छ । जिल्ला सदरमुकाम भैरहवामा १९९० सालमा स्थापित यो अस्पतालमा २०३५ साल सम्म १५ शैया संचालन थियो । त्यसपछि २०४१ सालमा १० शैया थपेर २५ शैया बनाइएको हो ।

अन्य समाचारहरु