अर्जुन खनाल
बुटवल । आत्मविश्वास वढाऔँ क्षमता विकास गरौँ भन्ने मुल नाराकासाथ एक हप्ता संचालन भएको रेडियो उद्घोषण तथा पत्रकारिता नेतृत्व विकास समन्धि तालिम सम्पन्न भएको छ।
कार्यक्रमा बिनोद परियार, संन्जु पौडेल, सुमन क्षेष्ठ, सिवहरी घिमिरे ,सुदिप ढकाल ले प्रशिक्षण दिनुभएको थियोे । २२ गतेदेखि २९ गतेसम्म संचालन भएको कार्यक्रम २९ गते समापन गरिएको थियो ।
उत्त कार्यक्रमको सञ्चालन यस् संस्थाका संचालक राजन घिमिरेवाट भएको थियो । यस् कार्यक्रमका प्रशिक्षाथिहरुले आफुले सिकेका कुराहरुको बारेमा जानकारी दिनुभएको थियो उत्त कार्यक्रममा गणेश भण्डारीबाट उत्प्रेरणा मुखि उपयोगि टिप्स दिनुभएको थियो ।
प्रमुख अतिथि नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेवाट वर्तमान समयमा मिडिया क्षेत्रमा युवाहरुको आवश्यकता रहेको र मिडिया क्षेत्रमा युवाहरुको राम्रो भविष्यरहेको वताउनु भयो र कार्यक्रमको समापन संस्थाका संचालक अर्जुन खनालवाट अतिथिलाई सम्मान गरी भएको थियो ।