टेकराज भुसाल (टेकु) बुटवल
बुटवल उद्योग बाणिज्य संघ को आयोजनामा लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ बुटवलमा औद्योगिक व्यापार मेला अाज देखि सुरु भएको छ । अाैधाेगिक मेलाको उद्घाटन नेपाली काँग्रेसका प्रमुख सचेतक तथा पुर्ब रक्षामन्त्री बालकृष्ण खाँणले गर्नुभएकाे हाे। उद्घाटन गर्दै नेता खाणले सरकारले लगानी कर्तालाई ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन आग्रह गर्दै व्यवासायीहरुको लगानी सुरक्षाको सुनिश्चितता हुनुपर्नेमा जोडमा जाेड दिनुभएकाे थियाे। सरकारलाई लगानी सुरक्षाको सुनिश्चिता गराउन आग्रह गर्दै नेता खाँणले सुरक्षाको प्रत्याभूति गराउन नसक्दासम्म लगानी पनि हुन नसक्ने र मुलुकलाई समृद्ध पनि बनाउन नसकिने विचार व्यक्त गरे ।
पूर्ब प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस का सभापति शेरबहादुर देउवा नेतृत्वकाे सरकारले सातवटै प्रदेशको सुगमताको आधारमा अस्थायी मुकाम तोक्ने काम गरेको बताउँदै तीनै मुकामलाई स्थायी राजधानी तोक्न आग्रह गरे । अन्तर्राष्ट्रिय विमानस्थल,लुम्बिनी लगायत अपार सम्भावनाका कारण प्रदेश पाँचकाे राजधानी बुटवल नै हुनुपर्ने बताउँदै राजनीतिक, सांस्कृतिक, सामाजिक, पर्यटन सबै हिसावले प्रदेशको स्थायी राजधानी बुटवलनै उपयुक्त हुने र अबिलम्ब प्रदेशको नामकरण गर्न र राजधानी तोक्नकालागि प्रदेश सरकारलाई आग्रह गरे ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले प्रदेश पाँचमा लगानीका प्रयाप्त सम्भावना भएपनि लगानीको वातावरण अझै बन्न नसकेको बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, चन्द्र ढकाल, प्रदेश पाँच प्रदेद सभा सदस्य भोजप्रसाद श्रेष्ठ, पुष्पा चौधरी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, पूर्व राज्यमन्त्री तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधी तिवारी, प्रदेश तीनका अध्यक्ष दिनेश श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अर्जुनमान सैंजु, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी लगायतले मेला सफलताको शुभकामना व्यक्त गरेका थिए ।
मेलामा आर्मी गरुद दल गण रामनगरद्वारा न्याउली बाजा सहित सराय नाच, नेवाः पुचः गुठी बुटवल देवीनगरको झाकी तथा लाखे नाच, थारु संस्कृतिको मयुर नाच, भिन्सहरा सामाजिक संस्था, मनकामना देवसिद्ध राधाकृष्ण मन्दिर समितिद्वारा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । झाँकीमा उत्कृष्ट हुने समुहलाई मेला समापनमा पुरस्कृत गरिने महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी गराए ।
पुस२३ गतेसम्म सञ्चालन गरिने मेलामा करिब ५ सय स्टल राखिएका छन्। मेला मा ५ लाख बढी दर्शक भित्र्याईने र मेला भित्र १५ करोड बढीको कारोवार हुने आँकलन गरिएको मेला कार्यसम्पादन समितिका सहसंयोजक उज्जवल कसजुले बताए ।