अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । बुटवलमा यतिबेला भब्य मेला लागिरहेको छ । बुटवल उधोग महासँघ द्वारा आयोजना गरिएको बुटवल औधोगिक प्रदर्शनिमा एउटा आकर्षणको स्टल छ – कृषि सङ्ग्रालय ।
अर्घाखाँचिका युबाहरुले बिभिन्न सँघसंस्थाको सहकार्यमा कृषि सङ्ग्रालय निर्माण गरि गाउँबाट दैनिक जिबनमा प्रयोग हुँदै आएका तर हाल लोपोन्मुख अबस्थामा पुगेका बस्तुहरु सङ्ग्रालय निर्माण गरि प्रदर्शन गरिरहेका छन ।
“पहिचान र संस्कृतिको जगेर्ना गरौँ । पुराना बस्तुहरुको संरक्षण गरौँ । नया पुस्तामा हस्तान्तरण गरौँ ।”
भन्ने नारा दिएर प्रदर्शनमा ल्याईएको कृषि सङ्ग्रालयमा –
आरन, कोल, घरेलि बस्तु, पौराणिक हतियार लगायत थुप्रै एेतिहाँसीक बस्तुहरु भुनपा-५ खिल्जि र अंसुरकोटबाट सङ्ग्रालय सम्म ल्याईपुर्याईएको हो ।
प्रकाश दाई ( बेल्बासे) को संयोजकत्वमा सन्जय गैरे, हिमाल बेल्बासे, प्रकाश ज्ञवाली र जिबन गैरेले गाउँबाट सामानहरु जम्मागरि बुटल ल्याईपुराएका हुन ।
साथै यि सामानहरु जम्मा पार्न स्थानिय क्लब खिल्जि सेबा समाज र तहाँका युबाहरुको भुमिका रहेको थियो ।
सिन्ङ्गो महत्स्वबमा निकै आकर्षणको केन्द्र रहेको उक्त सङ्ग्रालयमा दैनिक ३ हजारले भिजिट गरिरहेको कुरा सङ्ग्रालय संयोजक प्रकाश दाई बताउँछन ।
खिल्जि रुपन्देहि सम्पर्क समाज, स्थानिय लियो क्लब, रोयल छोप र खिल्जि समाजसेबा युबा क्लबको सहकार्य रहेको उक्त सङ्ग्रालय- कला र संस्कृति झल्काउने नेपालकै ठुलो सङ्ग्रालय रहेको कुरा मेला आयोजकले बताएका छन ।
यो भन्दा पहिला पनि यसै समुहले बुटलमा आयोजित कृषि मेला मार्फत सङ्ग्रालय अभियान सुरु गरेको थियो ।