पंजावको जालन्धर र लुधियानामा सुपा देउराली टुर एण्ड ट्रेवल्सको वुहत सांस्कृतिक हुने, शान्तिश्री परियार, दिपक गरौजा सहितका आधादर्जन वढी चर्चित कलाकार पुग्दै

डिआरजी सुमन 
लुधियाना । राष्ट्रीय अन्तराष्ट्रीय ख्यातिप्राप्त चर्चित कलाकार शान्तिश्री परियार,दिपक गरौजा,पुर्खे वा लगायत टिम २५ र २६ जनवरीको पंजावमा पुग्ने भएपछि आयोजक संस्थाले कार्यक्रमको तयारीलाई तीव्र पारेको छ । २५ जनवरी शनिवारको दिन पंजावको जालन्धर र आईतवार २६ जनवरी लुधियानामा वुहत सांस्कृतिक हुने भएको छ । 
सुपा देउराली टुर एण्ड ट्रैवल्सले लुधियाना तथा जालन्धरमा आन्तरिक तथा वाह्य भेटघाट कार्यक्रमलाई तीव्र पारेको छ । जनवरी २५ तारेखको दिन जालन्धरको नकोदर चौक स्थित सिटी सेन्टर पैलेस र २६ तारीख़ आईतवार लुधियानाको भरतनगर चौक स्थित गुरुनानक भवनमा भव्य रुपमा सम्पन्न गराउने तयारीमा रहेको समितीका अध्यक्ष रेशम थापाले जानकारी गराउनु भएको छ । 
जालन्धरमा कार्यक्रम शनिवार र लुधियानामा आईतवार वृहत सांस्कृतिक कार्यक्रम हुने भएको हुदा यस पटक दर्शकको उपस्थिती अत्याधिक हुनेमा कुनै संका छैन समितीका सचिव ऋषि कुँवर भन्नु हुन्छ । 
तपाईहरु जालन्धरमा हुनुहुन्छ तपाईंलाई के लाग्छ के दर्शक अपेक्षाकृत तवरले आउने संभावना देख्नु हुन्छ त ? भन्ने पत्रकारको प्रश्नमा चर्चित कलाकारहरु आउने हुदा दर्शक नआउने त कुरै छैन यहाँ त यो हलमा व्यावस्थापन गर्न हामीलाई नै कठिनाई पर्न सक्छ यस पटकको कार्यक्रमको तयारी धेरै राम्रो छ सुपा देउराली टुर एण्ड ट्रैवल्सका जालन्धर शाखा ईन्चार्ज जंग वहादुर क्षेत्रीको भनाई छ । 
यतिवेला कार्यक्रम व्यावस्थापनको लागी सुपा देउराली टुर एण्ड टैवल्सका निवर्तमान अध्यक्ष ओमप्रकाश परियार,अध्यक्ष रेशम थापा,सचिव ऋषि कुँवर, चण्डीगढ ईन्चार्ज दुर्गा पुनः लगायतको टिम पत्रकारलाई साथ लिएर जालन्धर पुगी कार्यक्रम स्थल र स्थानीय व्यावस्थापन टोलीसँग छलफल गरेको छ ।  
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्