गुल्मी पिपलधाराकी ब्रेन हेमरेज पिडित अनिताको उपचारको लागि आर्थिक सहयोग

अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं । गुल्मी पिपलधारा की ब्रेन हेमरेज पीडित  अनिता खड्का (जिसि) बचाउका लागि  दोस्रो पटक आर्थिक सयोग हस्तान्तरण गरिएको छ ।
सामाजिक अभियान्ता सचिन पाण्डे को टिमले सोमबार दोस्रोपटक रु एक लाख छ्यालिस हजार सात सय ( १,४६,७००) रुपैयाँ उहाँका श्रीमान बिनोद खड्का को हातमै उहाँ उपचार्थ हस्पिटल पुगेर सामाजिक अभियान्ता सचिन पाण्डे, बिस्नु सुवेदी, बिमल चौहान ,अभिनव चौहान र गुल्मी का पत्रकार महेन्द्र भन्डारीको उपस्थित मा हस्तान्तरण गरिएको थियो ।
पहिलो पटक एक लाख पन्ध्र हजार चार सय अठासी  (११५,४८८) रुपैयाँ हस्तान्तरण गरेका थिए। करिब ८महिना देखि ब्रेन हेमरेज भएर काठमाडौं को नेचुरोपेथी अस्पतालमा जटिल उपचार गराई रहनु भएकी गुल्मी जिल्ला पिपलधाराकी अनिता(जि.सि)खड्का बचाउ का लागि लाई आज दोस्रो पकट सहयोग हस्तान्तरण गरिएको छ। उनको बचाउका लागि साउदी अरबबाट कमल जिसि ले नेतृत्व गरेर उठाउनु भएको र नेपाल का विभिन्न सहयोगी मनबाट प्राप्त भएको सहयोग रकम हस्तान्तरण भएको अभियान्ता सचिन पाण्डे ले बताउनु भयो ।
सहयोग हस्तान्तरण मा अर्घाखाँचीडटकम मिडिया लाई बताउदै पाण्डेले यस्तो जटिल रोग कसैलाई पनि नलागोस् यदि लागेको खण्डमा आफू सधैं पीडितहरुकै साथमा रहेको बताएका छन।
पीडित अनिताकी ३बर्षिय छोरी पनि छन्।उन्को हेरचाह गर्नुपर्ने बेलामा आमा हस्पिटल को बेडमा जन्म र मृत्यु सग लडिरहेको देख्दा छोरी गहभरि आँसु बनाएर रोहेको देखिन्छ।त्यस्तै सहयोग हस्तान्तरण मा पुगेका सामाजिक अभियान्ता बिस्नु सुवेदी र बिमल चौहानले पनि पिडितको पक्षमा सधैं साथ दिहि रहेको भन्दै अभियान्ता पाण्डेलाई धन्यवाद सहित आफू पनि सधैं हातेमालो गरि पाण्डे का सधैं साथमा रहेको र आगामी दिनमा पनि गरिरहने बताउनु भयो।
पाण्डेले सहयोग अभियानमा साथ दिने सहयोग गर्ने सबैलाई धन्यवाद दिदै।यदि यी पीडित बहिनी लाइ अझै सहयोग गर्न चाहाने जो कोहि सहयोगी मनलाई  सम्पर्क मा आउन पनि अनुरोध गरेका छन्। साउदी अरबबाट कमल जिसी ले सयोगीमन हरु लाई धन्यवाद दिदै समस्यामा नआत्तिनुस यत्तिमै केहि हदसम्म समस्यालाइ जित्ने समाधान आफै आउने बताउनु भयो ।
बिनोद खड्का- 9860026812, सचिन पाण्डे  9841242350

अन्य समाचारहरु