कोरोनाका कारण विश्वभर ७३ जना नेपालीको मृत्यु, ५ हजार २ सय बढी संक्रमित

काठमाडौं । विश्वका विभिन्न मुलुकका कोभिड नाइन्टिनका कारण हालसम्म ७३ जना नेपालीको मृत्यु भएको छ । बेलायतमा ४१ जना, अमेरिकामा १५, यूएईमा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एक एक जनाको मृत्यु भएको हो । 

न्यूयोर्कमा मात्रै १२ जनाको मृत्यु भएको छ । ५ हजार २४७ संक्रमित मध्ये एक हजार ५७ जना उपचार पछि निको भएको गैर आवसिय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।

मध्यपूर्वमा मात्रै २ हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको छ ।

यसैबीच एनआरएनएका अध्यक्ष तथा एनआरएन, कोभिड नाइन्टिन उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले गैरआवासीय नेपालीलाई कोरोना महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आह्वान गरेका छन् ।

विश्वका २७ मुलुक रहेका नेपाली कोरोनाबाट संक्रमित छन् ।