बिजय खनाल
बामरुक, अर्घाखाँची बैशाख २२ (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड नं. ७ हंसपुर बामरुक स्थित श्री नरसिंहस्थान मन्दिरमा वैशाख शुक्ल चतुर्दशीका दिन बलि चढाउने र नरसिंह जयन्ती भव्य मेला स्थगित भएको छ ।
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड नं. ७ बामरुक स्थित श्री नरसिंहस्थान मन्दिरमा वैशाख शुक्ल चतुर्दशीका दिन वैशाख २४ र २५ गते बलि चढाउने र नरसिंह जयन्ती भव्य मेला लकडाउनका कारण स्थगित भएको हो ।
विशाल शिला नरसिंह मन्दिरमा नरसिंह जयन्ती मेला तथा वैशाख शुक्ल पूर्णिमाका दिन बलि चढाउने मन्दिरमा परम्परा अनुसार नियमित पुजा साथै बलि पुजा र साेही दिन बामरुक द्वारे खाेलामा गणेश-कुमार मन्दिरमा पुजाआजाका साथै पञ्चे बाजा सहित भव्य मेला आयाेजना गरिँदै आएकोमा यस बर्ष कोरोना भाइरस महामारीको कारण स्थगित भएको छ ।
यस वर्ष वैशाख २४ र २५ गतेका नरसिंह मन्दिर र द्वारेखाेलाका मेला पुजा सम्पूर्ण रुपमा बन्द गरि यस बर्ष बन्दाबन्दीको अबधीभर कुनै पनि कार्य नगर्ने विशाल शिला मन्दिर पुजा समितिका अध्यक्ष खिमानन्द भुसाल र माई नरसिंह मन्दिर पुजा व्यवस्थापन समितिका अध्यक्ष क्या. इन्द्र बहादुर खड्काले संयुक्त रुपमा अर्घाखाँचीडट्कमलाई जानकारी दिनु भयो।
अत्यधिक सहभागिताकाे लागि प्रचार प्रसार गर्ने गरेका हामीहरु विशेष परिस्थितिमा देवालय बन्द गर्नुपरेकोमा हाम्रो बाध्यता बुझिदिनुहुन सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा समाजसेवी नरसिंह पर्यटन पुर्वाधार बिकास उपभोक्त समितिका अध्यक्ष दल बहादुर भट्टराईले अनुराेध गर्नु भयो ।
यस्तै बन्दाबन्दी सहज भएको अवस्थामा भने मन्दिरका सम्पुर्ण पुजापाठ र कामकाज यथावत रुपमा संचालन हुनेछन् ।