२०७७ ज्येष्ठ २२, बिहीवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको वार्ड नम्बर ३ खनदह क्वारेन्टाइनमा एक जनाको आरडिटी परिक्षण पोजेटिभ आएको छ ।
खनदहको आदर्श मावि क्वारेन्टाइनमा एक युवालाई आरडिटी परिक्षण पोजेटिभ आएको हो । उनी सहित भारतबाट आएका ४९ जनाको आरडिटी परिक्षण गरिएको थियो ।
अन्य ४८ जना आरडिटी परिक्षण नेगेटिभ आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको छ ।
साथै ति १ जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको छ ।