अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका वडा नम्बर–८ हंसपुर सिलिङखोला बस्ने ६९ वर्षिय लालीकुमारी जिसीको झुन्डिएको अवस्थामा शव फेला परेको छ ।
घरदेखी करिब एक किलोमिटर टाढा फुलपाती सामुदायिक जङगलमा काफलको रुखमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरी चौकी हंसपुर प्रहरी सहायक निरिक्षक गोपाल बहादुर चन्दले जानकारी दिए ।