अर्घाखाँचीका एकजना सहित १३ जना नेपाली साउदीमा १२ महिनादेखि अलपत्र

हरि कुँवर
साउदी अरब जेठ २७ । साउदीमा बाह्र महिना देखी अलपत्र परेका नेपालीले रियाद स्थित नेपाली दुतावासलाइ वास्तविक पिडित हरुको उद्धारको लागि अनुरोध गरेपनि चासो नदेखाएको बताएका छन । 
नेपाल सरकारले विदेशमा दुःख परेको हरुलाई उद्धार गर्ने दिन नजिकिँदै गर्दा वास्तविक पीडितहरूलाई  अन्योल र चिन्ताले सताउन थालेको छ  । साउदी को रियाद एक्जिट १८  स्थित ( Al  qawafil Al tawoon cont. Co) कम्पनीमा बाह्र महिनादेखि कम्पनीले तलब नदिए पछि चिन्ता झन बढेको बताएका छन ।
 रियादमा बसिरहेका १३ जना  नेपालीहरुले दूतावासले आव्हान गरेको  घर फिर्ती बर्हिगमन  भिसा (exit visa)  लागि  फर्म भरेको ६ महिना बितिसक्दा पनि (exit visa)  नलागेर थुप्रै बास्तविक पीडितहरूले कष्टपूर्ण जीवन बिताइरहेको सेम कम्पनीमा कार्यरत अर्घाखाँचीका केशव खड्का ले बताए ।
 कोरोना भन्दा पहिले नै  रियादस्थित नेपाली दूतावासले आह्वान गरेको घरफिर्ती सम्बन्धी बर्हिगमन भिसा (exit visa) आबेदन भरेका वास्तविक पिडित हरुलाई अब के हुने हो भन्ने अन्योल छाएको छ । खड्का ले भने दूतावासमा सम्पर्क गर्दा तपाईंहरूको लागि दूतावासले सम्बन्धित निकायसँग समन्वय गरिरहेको र त्यो  भन्दा पहिला आफुहरु लाइ केही अधिकार नभएकोले सम्बन्धित जवाजात बाहेक अरु कसैले केही गर्न नसकिने दुतावास का कर्मचारीले बताए ।
नेपाल बाट आएको १८ महिना भयो सबै ट्रेकनिसन थिम ६ महिना जति कम्पनीले तलब दियो ।   कम्पनी ले  १२ महिना को तलब दिएको छैन खाना बस्न बलतल्ल दिएको भए पनि घर फर्किने अब सपना मात्र रहने केशव खड्काले बताए ।
  
अहिले खुलेपनि कम्पनीमार्फत (exit visa) लागेर कागजपत्र तयार भएका हरु मात्र जाने तर कोरोना सुरु हुन भन्दा पहिलादेखि नै दुख पाएर नेपाली दूतावास मा आवेदन दिएका वास्तविक पीडितहरुको कागजपत्र नमिलेकाले समयमै उद्धार  नहुने हो कि भन्ने  चिन्ता र अन्योल रहेको बताए । खड्का ले कोरोना भन्दा पहिला देखि नै दूतावासमा आवेदन भरेका रोजगारी गुमाई  वास्तविक पीडितहरु को उद्धारको लागि सम्बन्धित  नेपाली राजदुतावास विभिन्न नेपाली संघ सस्था तथा एनआरएन का जनप्रतिनिधिहरु  मिडियाकर्मी नेपाल सरकारलाई उद्धारको लागि सहयोग गरिदिनु हुन अनुरोध गरेका छन ।