अर्घाखाँचीडट्कम संवाददाता
बाँगी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको कोरोना रोकथाम कोषमा फ्रेन्डस युथ एण्ड स्पोर्टस क्लव बाँगीले आर्थिक सहयोग गरेको छ ।
विशेष गरी बाँगी भण्डारका युवाहरुको सक्रियाता मा स्थापना गरेको क्लवले गाउँपालिकाको कोषमा रकम संकलन हुने गरी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य,उपप्रमुख प्रमिला क्षेत्री,प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीलाई लाई एक मुष्ट ५ हजार ५ सय आर्थिक सहयोग गरेको क्लवले बताएको छ ।
युवाहरुको सक्रियतामा संचालीत क्लवले सहयोग गरेको भन्दै पालिका अध्यक्षले आचार्यले विश्वभरी नौ फैलिएको अवस्थामा पालिकामा विभीन्न क्वारेन्टाइन मा बसेका तथा कोरोना संक्रमित व्यक्ती लाई आर्थिक सहयोगले पालिका लाई धेरै राहत हुने बतानु भयो ।अन्य पालिकामा भन्दा मालारानी गाउँपालिकामा भारत तथा छिमेकी जिल्ला बाट आएर क्वारेन्टाइनमा बसेका नागरिक धेरै भएकाले ब्यवस्थापन लगायतमा पालिका अहिले आर्थिक संकटमा परेको समयमा सहयोग गरेमा क्लव लाई विशेष धन्यवाद दिनुभएको छ ।
केही वर्ष अघि बाट संचालन मा आएको क्लवले पछिल्लो समय रचानात्म काम गदै आएको छ । समाज सुधार लगायत कुनै पनि विकाश निर्माणको काममा युवाहरुको महत्व पुर्ण भुमिका रहने भएकाले संस्थाले पनि त्यही अनुसार काम गदै आएको र आगामी दिनमा पनि त्यस्तै गरी काम गर्ने क्लवका अध्यक्ष गिर बहादुर कुवँरले जानकारी दिनुभयो ।
कार्यक्रममा क्लवका अध्यक्ष गिर बहादुर कुवँर कोषाध्यक्ष बिक्रम कुवँर पुर्व अध्यक्ष धुर्योधन कुवँर सस्थापक अध्यक्ष तथा संरक्षक विष्णु कुवँर संरक्षक तिलक टन्डन लगायतको सहभागीता रहेको थियो ।