कुलेन्द्र बिश्वकर्मा
नेपालगंज (अर्घाखाँचीडट्कम)। कोरना परिक्षण प्रयोगशाला रहेको नेपालगंजस्थित भेरी अस्पतालमा छापामारी कम्प्युटर अपरेटर अरुणराज खनाल पक्राउ परेका छन् ।
खनालले अस्पतालको सामान खरीदमा १६ लाख १३ हजार ७५ रुपैया कमिशन लिएको आरोप छ ।
खनाललाई आज अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियार अनुसन्धान आयोग नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार, स्रोत नखुलेको पैसा सहित खनाललाई पक्राउ गरिएको छ ।
खनालमाथि थप अनुसन्धान भइरहेको प्रमुख गैरेले बताउनु भयो । यसअघि अस्पतालमा ल्याईएको कोरोना परिक्षण उपकरणमा आर्थिक चलखेल अस्पताल विरुद्ध दर्ता भएको थियो ।