कुवेतमा नेपालीलाई प्रवेश रोक

कुवेत सरकारले नेपालीलाई कुवेत प्रवेशमा रोक लगाएको छ । झण्डै ७० हजार नेपाली कार्यरत रहेका कुवेतमा त्यहाँको सरकारले कोरोना नियन्त्रणका लागि भन्दै नेपालसहित सात देशका नागरिकलाई प्रवेशमा रोक लगाएको हो ।
बीबीसीका अनुसार नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का, इरान र फिलिपिन्सका विमान कम्पनी र नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको हो । तर अन्य देशका नागरिकलाई भने कुवेतले प्रबेशमा रोक लगाएको छैन ।
कोरोना संक्रमण नियन्त्रणको लागि यस्तो निर्णय गरिएको कुवेत सरकारले जनाएको छ । कुवेतले नेपाली नागरिकलाई प्रबेशमा रोक लगाएकोमा नेपाल सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन ।
कुवेतमा १ अगस्टदेखि व्यवसायिक उडान सञ्चालन हुँदैछन् । उडान खुले पनि नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेश नदिइने कुवेत सरकारले जनाएको छ । रासस