कुलेन्द्र बिक
बाँके । कोरोना भाइरसको कारणले समुदायस्तर मै खतराको घण्टी बजेको भन्दै बाँके प्रशासनले लगाएको निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ ।
पछिलो समयमा नेपालगन्ज कारागारमा कार्यरत ६ प्रहरी जवान, वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत १ प्रहरी र ७ कैदी बन्दी गरी १४ देखा परेपछि थप समुदायमा कोरना फैलिन नदिन ४ दिन थप निषेधज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
आइतवारदेखि जारी निषेधाज्ञा आगामी शनिवार राती १२ बजेसम्म जारी रहने निर्णय भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको समय सीमा आज राती १२ बजे सकिँदै थियो । तर जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय भएको प्रशासनले बताएको छ ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले निषेधाज्ञाको पूर्ण पालना गरी कोरोना संक्रमणको जोखिम कम गराउने कार्यमा सहयोग पुर्याउन सबैलाई आग्रह गर्नुभएको छ ।