अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । ब्रेन हेमराइज भएर बिगत १४महिना देखि उपचार्थ गुल्मी पिपलधाराकी अनिता जि.सी बचाउका लागि अर्घाखाँचीका सामाजिक अभियान्ता तथा समाजसेवी सचिन पाण्डेले तेस्रो पटक आज एक लाख तेह्र हजार आठ सय हस्तान्तरण गरेका छन्।
बिगत लामो समयदेखि ब्रेन हेमराइज भएर उपचार गराइ रहेकी गुल्मी पिपलधाराकी पिडित अनिता जिसिका बचाउका लागि आज तेस्रो पटक सहयोग हस्तान्तरण भएको छ।सुरुमा एक लाख पन्ध्र हजार दोस्रो पटक एक लाख छ्यालिस हजार गरिएको थियो भने आज एकलाख तेह् हजार आठ सय सहयोग गरिएको छ।आज उन्को बचाउका लागि दिन रात लागि रहेका सहयोगी कमज जि सि मुस्कानको नेतृत्वमा साउदि अरबियाबाट विभिन्न सहयोगी मनहरुबाट जम्मा गरि पठाएका को थियो।।
अनिताको उपचार मा अहिले सम्म बत्तिस लाख खर्च भै रहेको छ।भने उन्को उपचारका लागि अझै ठुलो रकम आबस्यकता छ।लामो समयको उपचार पछिअनिता बहिनीलाई निरन्तर सुधार भएपनि पछिल्लो पटक आर्थिक समस्या पर्दा उपचारमा कठिनाई भएको उहाँको हेर चाहामा निरन्तर खटिनु भएका उहाँका श्रीमान बिनोद खडकाले बताउदै आफ्नो श्रीमतीलाई सानो सानो सहयोगी गरि बचाईदिन सबै अनुरोध गर्नु भएको छ।