सागर बेल्बासे
भैरहवा २०७७ साउन ३० – सिद्धार्थ नगरपालिका क्षेत्रभित्र शनिबार देखि भदौ ५ गतेसम्म पूर्ण लकडाउन हुने भएको छ। यो निर्णय शनिबार राती १२बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म लागू हुनेछ।
सिद्धार्थ नगरपालिका भित्रका खाद्यान्न, दुध, फलफुल र तरकारी पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म मात्रै खुल्न पाउनेछन्। बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुल्न पाउने छन्।
सार्वजनिक र निजी सवारी पनि बन्द गरिएको छ।
र सिद्धार्थ राजमार्ग हुदै जाने अन्य सवारि साधनहरु नगर क्षेत्र भित्र राेक्न पाईने छैन । साथै खाद्यान्न पदार्थ लाेड अनलाेड का लागि सामाजिक दुरि कायम गरि सुरक्षा कर्मचारीकाे राेहवरमा बेलुका ७ बजे देखि ११ बजे सम्म गराउन