गुल्मीमा फोटोग्राफर संघद्वारा सेनिटाईजर र माक्सको प्रयोग गरि पिडितलाई सहयोग

सुजन न्यौपाने
 गुल्मी । १८१ औं विश्व फोटोग्राफी दिवसका अवसर पारेर गुल्मी फोटोग्राफर संघ गुल्मीले कोभिड १९ देखि सर्तकता अपनाउदै सेनिटाईजर र माक्सको प्रयोग गरि पिडितलाई सहयोग गरेको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा राना डिजिटल स्टुडियो संञ्चान गर्दै आउनु भएका फोटोग्राफर जिवन रानाको भिषर्ण बर्षा हावाहुरीले बास नै छेत बिछेत बनायपछि  गुल्मी फोटोग्राफर संघ गुल्मीका अध्यक्ष  हरी न्यौपाने सचिव राज कुमार सुनार र फोटोग्राफरहरुको उपस्तीथिमा संधले पाँच हजार  सहयोग गरेको छ । 
साथै गुल्मी जिल्लाका फोटो ग्राफरलाई संघले एक जुट भई अगाडि बढ्न र सघंले फोटोग्राफीमा आवद्द सबैलाई सहयोग गर्नै प्रतिबद्धता जनाउदै प्रमाण पत्र बाढेको छ भनि  सबै  फोटोग्राफरहरुलाई टिसट  संयोजक प्रकाश बस्नेत र संघका अध्यक्षे हरी न्यौपानेले संगठन बलियो र फोटोग्राफरहरुको पहिचान बनाउन टिसट उपलब्द गराउनु भएको छ ।

अन्य समाचारहरु