बाँकेमा कोरोना संक्रमणबाट मृत्यु भएका राष्ट्रसेवक घलेको अन्त्येष्टी

कुलेन्द्र विक 
बाँके – कोरोना संक्रमणबाट मृत्यु भएका नेपालगञ्ज उपमहानरपालिकाका कर्मचारी युवराजबिक्रम घलेको अन्त्येष्टी गरिएको छ । ५९ वर्षीय घलेको बाँकेको राप्ती नदीस्थित सिधनियाँ घाटमा हिन्दु संस्कारअनुसार अन्त्येष्टी गरिएको हो ।
नेपाली सेनाको सलामीसहित घलेको अन्त्येष्टी गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । नेपालगञ्ज वडा नं। ९ का घलेको आइतवार राती साढे ८ बजे मृत्यु भएको थियो ।
घले भदौ १३ गते पिसिआर चेक गरि १५ गते कोरोना पोजेटिभ पुष्टि आएको थियो । भदौ १८ गते भर्ना भएका घलेलाई स्वास्थ्यमा समस्या आएपछि उनलाई नेपालगंज मेडिकल कलेजमा उपचार भईरहेको थियो । मृतक घले लामो समयदेखि मुटुको रोगबाट ग्रस्त भएको स्रोतले जनाएको छ । योसँगै बाँकेमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

अन्य समाचारहरु