कुलेन्द्र विक
बाँके । बाँकेमा कोरोना संक्रमणका कारण ८० वर्षिय महिलाको मृत्यु भएको छ। मृतक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ का ८० वर्षिय महिला हुन ।
उनलाई स्वास्थ्यमा समस्या आएपछि भदौ २१ गते नेपालगंज मेडिकल कलेज,शिक्षण अस्पताल नेपालगंजमा भर्ना गरिएको थियो ।
उनको दुवै तिरको फोक्सोका निमोनिया भई स्वास्थ्यमा थप समस्या आएपछि उपचारकोक्रममा निधन भएको बाँकेका कोरोना फोकल प्रसन नरेश श्रेष्ठ बताउनुभयो ।
नेपालगंज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगञ्जमा निधन भईसकेपछि उहाँमा कोरोना भएको पुष्टि भएको हो । उहाँ लामो समयदेखि मधुमेह र उच्च रक्तचापको विरामी भएको परिवार स्रोतले जनाएको छ। यससँगै बाँकेमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या ८ पुगेको छ ।
कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र नरैनापुर गाउँपालिकामा पनि १र१ जनाको निधन भएको छ । बाहिरी जिल्लाबाट उपचारका लागि आएका मध्ये ३ जना संक्रमितको पनि ज्यान गईसकेको छ ।