कुलेन्द्र बिक
बाँके । लामो समयदेखी कारोना विरुद्धको लडाईमा सक्रिय भुमिका निर्वाह गर्दै संक्रमण व्यवस्थापनमा खटिनु भएका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
उहाँले आफुलाई संक्रमण पुष्टि भएको भन्दै सामाजिक संजाल फेसबुक मार्फत आफुसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।
कुरुम्वाँङ्ग कोरोना संक्रमण नियन्त्रणका लागि कोभिड ब्यवस्थापन सम्वन्धी कार्यमा सक्रियताका साथ अग्रपंक्तीमा काम गर्दे आउनुभएको थियो ।