बाँकेमा २४ घण्टामा कारोना संक्रमणले ५ जनाको मृत्यु

कुलेन्द्र विक 
 
बाँकेमा उपचाररत कोरोना भाइरस संक्रमित २४ घण्टामा ५ ब्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमित ती ५ ब्यक्तिको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड –१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । 
यसरी ज्यान गुमाउनेमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ बी गाउँका ४० वर्षिय पुरुष तथा टिकापुर नगरपालिका वडा नम्बर १ कैलालकीका ६० वर्षिय बृद्ध, दाङका २ जना बृद्ध, नेपालगन्जका एक महिला गरि  ५ जनाको ज्यान गएकोे छ । 
केन्द्रका अनुसार बाँके र कैलालीका दुवै संक्रमित ब्यक्तिको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहपुरमा उपचारका क्रममा मृत्यु भएको हो । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–३ बी गाउँका कोरोना भाइरस संक्रमित ४० वर्षिय पुरुषको उपचारका क्रममा शनिबार राती ११ बजे मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ती ४० वर्षिय पुरुषलाई कोरोनाको आशंकामा स्वाब संकलन गरि परीक्षण गर्दा उनको मृत्यु पश्चात कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । 
योसगैं बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । यसैबीच, भेरी अस्पताल नेपालगन्जमा उपचाररत टिकापुर नगरपालिका वडा नम्बर १, कैलालीका ६० वर्षिय बृद्धको आईतबार राती १ बजे मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपश्चात कार्तिक १४ गते भेरी अस्पताल नेपालगन्जको प्रिआइसोलेसन वार्डमा राखि उपचार गरिएको थियो । 
योसगैं बाँकेमा आई उपचारका क्रममा बाहिरी जिल्लाका २० जना कोरोना संक्रमित ब्यक्तिले ज्यान गुमाइसकेका छन् ।

अन्य समाचारहरु