बाँके जिल्ला प्रहरी कार्यालले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ

कुलेन्द्र विक 
बाँके । बाँके जिल्ला प्रहरी कार्यालले अपराध अनुसंधानमा तिव्रता दिएपछि दिनप्रतिदिन अपराधि पक्राउ पर्न थालेका छन् । 
सुराकिको आधारमा आज दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 
कोहलपुरस्थित न्यू राप्ती गेष्टहाउसबाट आज बिहान साढे १० बजेतिर रेडपाण्डाको छालासहित अभियुक्तलाई नियन्त्रणमा लिइएको हो । 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काका अनुसार होटलमा रेडपाण्डाको छालाको मोलमोलाइ भइरहेको सूचनाका आधारमा ग्राहक बनेर सादा पोशाकमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लालबहादुर नेपाली, गणेश नेपाली, उमेशबहादुर थापा र दिनेश कार्की छन् । 
यसअघि गत भदौ २८ गते बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली घरबासबाट रेडपाण्डाको छालासहित चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो ।

अन्य समाचारहरु