रुपन्देही । सोमबार रुपन्देहीमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
बुटवलको कोरोना विशेष अस्पतालमा ४५ वर्षीय पुरुष र भैरहवाको भीम अस्पतालमा अर्का एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।
सोमबार बिहान बुटवलको कोरोना विशेष अस्पतालमा बुटवल १७ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी सैनामैनाबाट उपचारका लागि भीम अस्पतालमा भर्ना हुनुभएकी ५६ वर्षीया महिलाको मृत्यु भएको भीम अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलले मधुमेहको समेत समस्या रहेका महिलाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो । रेडियो नेपालमा समाचार छ ।