पुर्ण बिश्वकर्मा
गुल्मी – १७ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस रेसुङ्गा नगरपालिकामा बिबिध कार्यक्रम सहित सम्पन्न भएको छ ।
प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अबसरमा २०६१ साल देखि यो नेपालभर मनाउदै आइएको छ । यो दिवस महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको योगदानको कदर स्वरुप मनाउने गरिन्छ ! यसै सन्दर्भमा रेसुङ्गा नगरपालिका अन्तर्गत रहेका ८३ जना म.सा.स्वा. स्व.से.लाई नगरपालिकाले झोला र छाता बितरण गरेको छ ।
नगरपालिकाले सधै म.सा.स्वा. स्व.से.को योगदानको उच्च सम्मान तथा मुल्यांकन गर्दै आइरहेको नगरप्रमुख भुसालले बताउनु भयो । साथै बाल तथा मातृ मृत्युदर कम गर्न तथा कोरोना महामारी बिच म.सा.स्वा. स्व.से.हरुको भुमिका साच्चिकै स्वागतयोग्य रहेको समेत बताउनु भयो ।
म.सा.स्वा. स्व.से.हरुले जनस्वास्थ्यमा पुर्याएको योगदानलाइ नगरपालिकाले उचित मुल्यांकन गरिरहेको र सो उर्जामा कमि आउन नदिने स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले बताउनु भयो ! त्यस्तै म.सा.स्वा. स्व.से.हरुको कामलाइ कसरी परिणाममुखी बनाउन सकिन्छ भनेर लागि परेको र त्यसमा जनप्रतिनिधि र कार्यालय प्रमुखबाट बेला बेलामा मार्गदर्शन प्राप्त गर्ने गरेको उल्लेख गर्दै यो आ.व.मा म.सा.स्वा. स्व.से.लाई नगरपालिकाबाट मासिक यातायात तथा खाजा खर्च ५ सयको दरले बार्षिक ६ हजार प्रत्येक स्वयंसेविकाहरुलाइ प्रदान गरिने उहाले बताउनु भयो ।