दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर घाइते युवाको उपचारको क्रममा मृत्यु

दाङ – टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर घाइते भएका युवाको उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ निवासी २४ वर्षीय रमेश थापाको उपचारको क्रममा मृत्यु भएको हो ।
शनिबार पुरन्धाराको छहरामा वनभोजका लागि गएका बेला झोलुंगे पूलमा झुन्डिएर टिकटक बनाउने क्रममा खसेर घाइते भएका थिए ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारको लागि कोहलपुर लगिएको थियो । त्यहिँ उनको उपचारको क्रममा मृत्यु भएको हो । देशसन्चारमा समाचार छ । 

अन्य समाचारहरु