मोटरसाइकलमा सवार महिलालाई पाटे बाघले झम्टेर लग्यो

बर्दिया – शुक्रबार राति साढे ८ बजे महिलालाई पाटेबाघले आक्रमण गरेर लगेको निकुन्जले पुष्टि गरेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले झम्टेर लगेको हो। लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको निकुञ्जले प्रशासनले जनाएको छ। मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ।
बेपत्ता महिलाकोे नेपाली सेनाले हात्तीको सहायताबाटे खोजी गरिरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिएका छन्। यसअघि बर्दिया निकुञ्ज निस्केको बाघले गेरुवा गाउँपालिका राजिपुर र दंगपुरमा एक महिला र पुरुषलाई आक्रमणबाट घटनास्थलमा मृत्यु भएको थियो।  
यस्तै, नेपाल भारतको अन्तर्राष्ट्रिय खाता करिडोरमा पर्ने भग्रैयामा दुई महिनामा भित्रमा बाघले ६ जनाको ज्यान गईसकेको छ। दुई साताअघि बाघको आक्रमणबाट घाइते महिलाको शिक्षण अस्पताल, बाँकेका उपचार भईरहेको छ।  
करिडोरमा निस्केका बाघको आक्रमणबाट ज्यान गएको २६ वर्षीय दिनेश थारु, २३ वर्षकी गंगा खत्री र २७ वर्षीय राजेश थारुको एउटै गाउँका हुन्। कात्तिक र मंसिरमा दुई जना बालकको बाघको आक्रमणबाट ज्यान गईसकेको छ। ज्यान गएका तीनै जनाको टाउँको र पेट बाघले खाएको थियो।
स्थानीयका अनुसार बाघले आक्रमण गरेर एक जना खान थालेको अवस्थामा र खोज्दै जाँदा दुई जना मध्य एक जनालाई पुनः बाघले आक्रमण गरेको हो।
मधुवन नगरपालिका–३ धनौरा र भग्रैया गाउँमा पर्ने नेपालको सीमावर्ती जंगलमा च्याउँ टिप्न जाँदा बाघको आक्रमण ज्यान गएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए।
अघिल्लो साता उक्त क्षेत्रमा सशस्त्र प्रहरीको भग्रैयामा बिओपी स्थापना गरेको छ। नेपाल भारत सीमावर्ती क्षेत्रमा दिनहुँ बाघको मुभमेन्ट हुनेको गरेको एक सशस्त्र प्रहरीले बताए।  
खत्रीको शव सशस्त्र प्रहरीले हो हल्ला गरेपछि बाघले छाडेर भागेको स्थानीय बताउँछन्।  
यसअघि निकुञ्जले मान्छे खाने एउटा बाघ नियन्त्रणमा लिएको छ। करिडोरमा रहेको बाघ बर्दिया निकुन्जको कार्य क्षेत्रबाहिर रहेको छ। बाघलाई नियन्त्रणमा लिने पटक पटकको प्रयास असफल भईरहेको छ।  
नेपाल भारतको सीमावर्तीमा पर्ने पाँच जना मधुवन नगरपालिका–३ धनौरा र भग्रैयाका बासीन्दा हुन्। नेपाल भारतको सीमावर्तीमा पर्ने उक्त ठाउँ अन्तर्राष्ट्रिय करिडोर खातासँग जोडिएको छ।
भारतको कर्वेट नेसनल पार्कसम्म खाता करिडोर हुँदै निकुन्जका वन्यजन्तु ओहोर दोहार गर्छन्। उक्त क्षेत्र बाघको आवगमन गर्ने बाटो भएपनि पहिलो पटक स्थानीयलाई आक्रमण गरेको हो। निकुन्जमा यस्ता किसिमका घटना घटेमा तत्काल बाघलाई नियन्त्रण लिने गरेको छ।
नेपाल भारतको क्षेत्र वन डिभिजनको मातहतमा पर्ने भएकाले आवश्यक सहयोग मागे मात्र निकुन्जले प्राविधिक सहयोग दिने सक्ने प्राबधान छ।  
बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले मान्छे खाने बाघको खोजी भईरहेको जनाएका छन्। उनका अनुसार पहिलो चरणमा बाघको पहिचान के कति कारणले आक्रमण गरेका अनुसन्धान गरेपछि अरु प्रक्रिया अघि बढ्ने छ। ‘पहिले कुन बाघ हो पहिचान गर्न पर्छ, त्यसको एकिङ भएपछि अन्य काम अघि बढ्छ’ उनले भने,‘क्यामरा ट्रयापिङ लगायतका कामका लागि निकुन्जको दक्ष जनशक्ति तयारी अवस्थामा रहेको छ।’    
जैविक मार्गमा बस्ने नरभंछी बाघले मान्छे खान थालेपछि त्रास फैलिएको छ। नेपाल भारतको सीमावर्ती क्षेत्रमा नरभछी बाघले मान्छे खान थालेपछि सीमावर्ती क्षेत्रमा सर्वसाधरण आतंकित भएका छन्। तत्काल मान्छे खाने बाघलाई नियन्त्रण लिनु पर्ने मधुवनका नगर प्रमुख कृष्ण केसीले बताए। ‘हाम्रा जनता खाने बाघको उचित व्यवस्थापन वनले गर्नु पर्छ, सम्बन्धित निकाय मुकदर्शक बने, जनताले बल प्रयोग गर्न बाध्य हुन्छ।’
बाघको उचित व्यवस्थापन गर्नका लागि प्रक्रिया अघि बढिसकेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए। उनका अनुसार घटना निकुन्ज भित्र भएकाले छिटो भन्दा छिटो बाघ नियन्त्रणमा लिनको लागि टोली परिचालन गरिएको छ। तत्कालका लागि उक्त क्षेत्रमा मोटरसाईकलमा सवारमा प्रतिबन्ध लगाइएको निकुन्जले जनाएको छ। निर्मल घिमिरेले नागरिकमा उल्लेख गरेका छन। 

अन्य समाचारहरु