तत्काल प्रदेशसभा बैठक बोलाऔं: सचेतक निर्मला क्षेत्री

अर्घाखाँचीडट्कम संवाददाता 
बुटवल (अर्घाखाँचीडट्कम) ।  लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले सरकारले नेपाली जनतालाइ समृद्धिको झुटो नारा देखाएर बेवकुफ बनाइरहेको आरोप लगाइन् । उनले नेकपाको लडाइले जनतामाथि धोका भएको भन्दै लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस निर्णयक कदम चाल्न तयार रहेको बताइन् ।
 उनले आवश्यक परे प्रदेशको नेतृत्व लिन आफ्नो पार्टी सक्षम रहेको समेत धारणा राख्दै प्रदेशसभा बैठक तत्काल बोलाउन आग्रह गरिन् । जनता समाजबादी पार्टीका संसदीय दलका नेता सहश्राम यादवले सरकार गलत बाटोमा हिडेको भन्दै संसद बिघटन गर्ने ओलीको कदम असंबैधानिक र अलोकतान्त्रीक भएको बताए । उनले प्रदेश सरकार तत्काल फेरबदल नहुने र अविश्वासको मत पनि नआएकाले प्रदेशमा यहि नै हुन्छ भन्ने अवस्था नभएको बताए ।
सो कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका नव निर्वाचित सभापति डिपि खनाल र सचिव कपिल ज्ञवालीलाइ सम्मान गरिएको थियो । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

अन्य समाचारहरु