अर्घाखाँचीडट्कम संवाददाता
बुटवल पुस २१ : बुटवलकाे शंकरनगरमा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
शंकरनगर चोक नजिकै फुटपाथमा रोकिराखेको प्र ०३-०१०२४ च ४०२६ नम्बरको कारलाई भैरहवा तिर बाट बुटवल आउँदै गरेको लु ५३ प ३३५७ नम्बरको स्कुटरले ठक्कर दिदा दुर्घटना भएको छ ।
दुर्घटनामा परी स्कुटरमा सवार बर्दघाट स्थाही घर भई हाल बुटवल बस्दै आएका ३८ बर्षिय चालक मनोज आले र पछाडि सवार ४० बर्षिय हरि सापकोटा घाइते भएका छन् । दुवै जनाको हात र खुट्टामा गम्भीर चोट लागेको छ ।
दुवैजनालाई उपचारको लागि मणिग्राम स्थित क्रिमसन अस्पताल लगिएको छ ।