अर्घाखाँचीडट्कम संवाददाता
कपिलवस्तु। नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको सोमबार गोरुसिंगेमा सूचना केन्द्र भवन उद्घाटन भएको छ । नव निर्मित भवनको बुद्धभूमि नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठले उद्घाटन गर्नु भएको हो ।
महासंघका कपिलवस्तु शाखा अध्यक्ष डिलाराम भुसालले नगरपालिकाले भवन निर्माणका पुराएको सहयोगको धन्यवाद दिदै सुचना केन्द्रबाट सबै पत्रकारले सेवा लिन पाउने बताउनु भयो ।
कार्यक्रममा बुद्धभूमि नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरी बुद्धभूमि नगरपालिका वडा नं. २ का वडाध्यक्ष भेषराज शर्मा, बुद्धभूमि उद्योग वाणिज्य संघका अध्यक्ष सुभलाल भुसाल लगायतले बोल्नुभएको थियो ।